Logo

राजनीतिक अस्थिरताको कारण कांग्रेस र एमाले हुन्ः लिङ्देन (भिडिओ)



काठमाडौं, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा राजनीतिक अस्थिरताको कारण कांग्रेस र एमाले भएको आरोप लगाउनुभएको छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने जानकारी गराउँदै उहाले यस्तो बताउनुभएको हो। उहाले कम्युष्टि पार्टी एक्लैले करिब दुई तिहाइ मत ल्याउँदा पनि पाँच वर्ष सरकार चल्न नसकेको बताउनुभयो।

कांग्रेसले पटक–पटक एक्लै बहुमत ल्याउँदा पनि स्थिरता नभएको उहाको भनाइ थियो। उहाले संविधानमा निर्वाचन र नियुक्ति प्रणालीमा सुधार गर्न आवश्यक रहेकोमा जोड दिनुभयो।

गणितले होइन चरित्रले देशलाई असर गर्‍यो

अध्यक्ष लिङ्देनले गणितको कुराले भन्दा दलका चरित्रका कारण देशलाई असर गरेको समेत बताउनुुभयो। अध्यक्ष लिङ्देनले आफू र आफ्नो दल ओली प्रधानमन्त्री बन्दा सबैभन्दा धेरै खुसी भएको बताउनुभयो।

उहाले २०७९ को निर्वाचनमा आफ्नो दल र एमाले मिलेर केही स्थानमा चुनाव लडेको स्मरण गराउँदै ओली प्रधानमन्त्री बन्दा आफू खुसी रहेको बताउनुभयो।

उहाले यसअघि पनि राप्रपाले २ पटक प्रधानमन्त्री ओली रहँदा विश्वासको मत दिएको स्मरण गराउँदै भविष्यमा आवश्यक पर्दा सरकारलाई सहयोग गर्ने बताउनुभयो। कांग्रेस र एमाले मिलेर बनेको यो सत्ता समीकरण अन्तिम रहेको बताउँदै उहाले सबै दलबीच नवीन समझदारी हुन जरुरी रहेको बताउनुभयो।

संविधानका केही प्रावधान संशोधन गर्न जरुरी रहेको तर, समानूपातिक निर्वाचन प्रणाली र बहुदलीय व्यवस्थालाई परिवर्तन गर्न खोजिए राप्रपा सशक्त प्रतिवादमा उत्रिने उहाले बताउनुभयो।

यसअघि दुईतिहाइको सरकार हुँदा पनि ५ वर्ष नचलेको उदाहरण दिँदै लिङ्देनले गणितले मात्रै स्थिरता नआउने बताउनुभयो।

त्यस्तै, कांग्रेस–एमालेले दुई दलीय व्यवस्था जसका लागि समानुपातिक निर्वाचन प्रणाली संशोधन गर्ने हल्ला रहेको भन्दै लिङ्देनले साना दललाई निषेध गरेर कस्तो देश बनाउने भनेर प्रश्न गर्नुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्