Logo

माछा मार्ने क्रममा करेन्ट लागेर झापामा एकजनाको मृत्यु



झापा, ७ साउन । झापाको दमकमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

दमक नगरपालिका वडा नं.३ का तेजबहादुर धिमालको घरमा बस्दै आएका इलाम सूर्योदय नगरपालिका वडा नं.१३ लक्ष्मीपुरका १९ वर्षीय मौसम राईको करेन्ट लागेर मृत्यु भएको हो ।

आज दिउँसो २ बजेको समयमा घरदेखि अन्दाजी ३० मिटर पश्चिमपट्टि रहेको खोल्सीमा घरबाट बिजुलीको तार जोडी करेन्ट लगाई माछा मार्ने क्रममा घाइते भएका राईको आम्दा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्