Logo

वुमन्स एसिया कपः नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य



काठमाडौं, ८ साउन। श्रीलंकामा जारी नवौं संस्करणको एसिया कप टी–२० महिला क्रिकेटमा भारतले नेपालसामु १७९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको हो ।

भारतका लागि ओपनर शफाली बर्माले सर्वाधिक ८१ रन बनाइन् । बर्माले दयालन हेमलतासँग मिलेर पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरेकी थिइन् ।

हेमलता ४७ रन बनाएर आउट भइन् । सजीवन सजना १० रन बनाएर आउट हुँदा जेमिमाह रोड्रिग्ज २८ र ऋचा घोष ६ रनमा अविजित रहे । बलिङमा नेपालकी सीता रानामगरले दुई विकेट र कविता जोशीले एक विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्