Logo

वुमन्स एसिया कपः नेपाल समूह चरणबाटै बाहिर , भारतसँग ८२ रनले पराजीत



काठमाडौं, ८ साउन। श्रीलंकामा जारी नवौं संस्करणको एसिया कप टी–२० महिला क्रिकेट प्रतियोगिताबाट नेपाल बहिरीएको छ । छनौट भरणको अन्तिम खेलमा भारतसंग ८२ रनले पराजीत हुदै नेपाल प्रतियोगिताबाट बहिरीएको हो ।

श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको थियो ।
भारतका लागि ओपनर शफाली बर्माले सर्वाधिक ८१ रन बनाइन् । बर्माले दयालन हेमलतासँग मिलेर पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरेकी थिइन् ।

हेमलता ४७ रन बनाएर आउट भइन् । सजीवन सजना १० रन बनाएर आउट हुँदा जेमिमाह रोड्रिग्ज २८ र ऋचा घोष ६ रनमा अविजित रहे । बलिङमा नेपालकी सीता रानामगरले दुई विकेट र कविता जोशीले एक विकेट लिइन् ।

नेपालले २० ओभरमा ९ वीकेट गुमाउदै ९६रन मात्र बनाउन सक्यो ।

मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएपछि खेलेका तीनै संस्करण समूह चरण पार गर्न सकेन।

यसअघि सन् २०१२ र २०१६ मा एसिया कप खेलेको नेपालले जितको स्वाद लिन पाएको थिएन। तर यो पटक समूह चरणको पहिलो खेलमा युएईमाथि ६ विकेटको ऐतिहासिक जित निकाल्दै नेपालले सानदार सुरुवात गरेको थियो। दोस्रो खेलमा भने पाकिस्तानविरुद्ध भने ९ विकेटको फराकिलो हार व्यहोर्न पुग्यो।

नेपालले तीन संस्करणको एसिया कपमा युएईमाथिको जित नै पहिलो जित थियो।

समूह ए मा नेपालविरुद्धको जितसँगै भारत अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ। भारतले ३ खेलबाट ६ अंक बनाएको छ। २ खेलमा जित र १ खेलमा हार भोगेको पाकिस्तान दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो।

२ अंक जोडेको नेपाल तेस्रो स्थानमा रहेर एसिया कप यात्रा सकाएको छ। युएई भने समूह चरणका सबै खेलमा पराजित हुँदै अंक तालिकाको पुछारमा रहेर घर फर्किएको छ।

प्रतिक्रिया दिनुहोस्