Logo

बागमतीका मुख्यमन्त्रीको शपथ आज



हेटौंडा, ९ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाको शपथ ग्रहण आज हुँदैछ । नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री लामाले आजै नेपाली कांग्रेसबाट ७ र नेकपा (एमाले)का ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्नुभएको बताइएको छ ।

मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम कांग्रेसका लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

नेपाली कांग्रेस र नेकपा (एमाले)का गरी ६४ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित लामाले मंगलबार प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्