Logo

झापाको अर्जुनधारामा एक ब्यक्ती मृत फेला



झापा ,९ साउन । झापाको अर्जुनधारा वडा नम्बर १ स्थित धान खेतमा एक ब्यक्ती मृत फेला परेका छन् ।

इलाम माई नगरपालिका ३ घर भई अर्जुनधारा १ सिस्नेस्थित दिदीभेनाको घरमा बस्दै आएका अन्दाजी ४०–४५ वर्षका टीकाबहादुर लावती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताउनुभयो । उनी मानसिक अबस्था ठिक नभएको भन्ने बुझिएको छ । लावतीलाई विहान सवेरै हातमा चप्पल बोकेर हिड्दै गरेको स्थानीयले देखेका थिए । विरामीले छोपेपछि उनी धान खेतमा घोप्टो परेर लडेको र खेतको छिपछिपे पानीमा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

लावतीको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्