Logo

कसरी बाँचे दुर्घटनाग्रस्त जहाजका पाइलट मनिष ?

प्रधानमन्त्री ओलीले अस्पताल पुगेर उपचारत पाइलटलाई भेटे



काठमाडौं, ९ साउन । आज दुर्घटनाग्रस्त भएको सौर्य एयरलाइन्सको जहाजका पाइलट शाक्य भाग्यले बाँच्नुभएको छ । जहाजमा सवार अन्य सबै १८ जनाको मृत्यु हुँदा उहाँ मात्रै बाँच्न सफल हुनुभयो । हजाइजहाज दुर्घटनामा बाँच्ने सम्भावना अत्यन्त न्यून रहन्छ ।

पाइलट शाक्यलाई उद्वार टोलीले कन्टेनर भित्रबाट निकालेको थियो । जहाज भुईँमा खसेर छेउमा राखिएको कन्टेरमा ठोक्किँन पुगेको थियो । जसले गर्दा विमानको अगाडिको भाग त्यसैमा अड्किएको र बाँकी भाग तल बजारिएको थियो ।

विमानको अगाडिको माग कन्टेनरमा अड्किँदा पाइलट शाक्य पनि कन्टेनरभित्र परेर बाँच्न सफल हुनुभएको हो। अहिले शाक्यको उपचार भइरहेको उहाँको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले अस्पताल पुगेर उपचारत पाइलटलाई भेटे

प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते हुनुभएका पाइलट मनिषरत्न शाक्यलाई केएमसी अस्पताल पुगेर भेट गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले अस्पताल पुगेर पाइलट शाक्यको स्वास्थ्य अवस्था बारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आज भएको विमान दुर्घटनामा विमानमा सवार सौर्य एयरलाइन्सकै १८ कर्मचारीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्