Logo

विमान दुर्घटनामा परी मृत्यु भएकाको शव परीक्षण हुँदै, भोलिमात्र परिवारलाई बुझाइने



काठमाडौँ, १० साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको शवको शिक्षण अस्पतालमा महाराजगञ्जमा पोस्टमार्टम आज पनि जारी छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका अनुसार पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् ।

पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक सहभागी छन् । एउटा शवलाई पोस्टमार्टम गर्नका लागि कम्तिमा पनि चार घन्टा लाग्ने चिकित्सकले बताएका छन् ।

सबैको पोस्टमार्टम गरेर भोलिसम्ममा परिवार र आफन्तलाई शव जिम्मा लगाउन सकिने पोस्टमार्टममा सहभागी चिकित्सकले बताएका छन् । बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दुर्घटना भएको थियो । जसमा परेर मृत्यु भएका १८ जनाको पोस्टमार्टम भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्