Logo

कचनकवलमा करेन्ट लागेर एकजनाको मृत्यु



झापा, १० साउन । झापाको कचनकवलमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

कचनकवल गाउँपालिका ४ बस्ने तुलाराम साहका १६ बर्षीय छोरा विशालकुमार साहको करेन्ट लागेर मृत्यु भएको हो ।

घरको भान्सामा नाङ्गो तारमा छुन पुग्दा अचानक करेन्ट लागेर घाइते भएका उनलाई तत्काल उपचारको लागि प्राथमिक उपचार केन्द्र बनियानीतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्