Logo

क्याप्टेन मनिषको तीनवटा करङ भाँच्चिएको छ: अस्पताल, अन्य कुनै जटिलता छैन



काठमाडौं, १० साउन । त्रिभुवन विमानस्थल परिसरमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर घाइते हुनुभएका जहाजका क्याप्टेन मनिष शाक्यको तीनवटा करङ भाँच्चिएको अस्पतालले जनाएको छ ।

केएमसी अस्पतालले आज विज्ञप्ति जारी गर्दै क्याप्टेनको अनुहार, आँखा, नाक र टाउकोमा चोट रहेको साथै ढाडको एउटा र तीनवटा करङ भाँच्चिएको जानकारी दिएको हो ।

अनुहार तथा नाक र आँखाका चोटहरुको उपचार भइसकेको र अन्य जटिलता नदेखिएको अस्पतालले स्पष्ट पारेको हो ।

बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनामा परेको थियो । सौर्य एयरको विमान प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको हो ।

सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो । क्याप्टेन मनिषलाई घाईते अवस्थामा उद्दार गरीएको थियो । विमानमा १९ जना सवार थिए ।

 

प्रतिक्रिया दिनुहोस्