Logo

चर्चित लोक गायक एलपी जोशीको निधन



झापा, १० साउन।  चर्चित लोक गायक एलपी जोशीको निधन भएको छ ।

झापाको दमकस्थित लाइफलाइन हस्पिटलमा आज राति ८:३० बजे उहाको निधन भएको हो । उहाको जन्म धनकुटामा भएको हो ।

रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो, ऐयाया ‘ आक्काका‘सान्नानी’, पुराना चर्चित पूर्वेली लोकगायक एलपी (लक्ष्मीप्रसाद) जोशीले गाएको यो गीत मन नपराउने सायदै कोही होलान् ।

नेपाली लोकसङ्गीतका पारखीहरुबीच लोकप्रिय गायकका रुपमा परीचित उहा पुराना गाउँ र बस्तीका गीतहरु गाएर नै चर्चाको शिखरमा पुग्न सफल हुनुभएकोे हो। नेपाली समाजको मैलिकतामा रहेर शब्द संकलन तथा सृजना गर्न माहिर उनका गीत पछिल्ला समयका युवा पुस्ताले नजाने पनि बुढापाकाको मुखबाट भने अझै बिलाउन सकेको छैन ।

उहा नेपाली लोकगीत क्षेत्रमा पूर्वेली लोकगीतका एक लोकप्रिय स्रष्टा हुनुहुन्छ । उहाले आफै संकलन गरेर रेडियो नेपालमा गाएका गीतहरु कालजयी  छन् ।

प्रतिक्रिया दिनुहोस्