Logo

कीर्तिपुरका नगरप्रमुख नकर्मीको निधन



काठमाडौं, ११ साउन । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ ।

मिर्गौलाको समस्याका कारण वीर अस्पतालमा उपचाररत नगरप्रमुख नकर्मीको गएराति निधन भएको नगरउपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।

उहाँकाअनुसार नकर्मीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले बिहान ९ देखि ११ बजेसम्म नगरपालिकाको कार्यालयमा राखिएको छ ।

गत साउन २ गतेदेखि स्वास्थ्यमा समस्या बढेपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि उहाँले साउन १ गतेदेखिनै नगरउपप्रमुख शाक्यलाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिनुभएको थियो ।

नकर्मी नेपाली कांग्रेसबाट कीर्तिपुरको नगरप्रमुखमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्