Logo

परराष्ट्रमन्त्री डा. राणासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट



काठमाडौँ, साउन ११ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयस्थित मन्त्री डा. राणाको कार्यकक्षमा आज भएको सो भेटमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्धका विविधि पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्