Logo

आयो लचिलो मौद्रिक नीति : सेयर बजार र निर्माण क्षेत्र चलायमान हुने



काठमाडौं, ११ साउन । केन्द्रीय बैंकले तुलनात्मक रुपमा निकै लचिलो र खुकुलो मौद्रिक नीति ल्याएको छ । नीतिले ब्याजदर थप घटाउने र कर्जा प्रवाह बढाउने देखिएको छ । नीतिगत दर र बैंक दर थप घट्ने भएको छ । सेयर बजारमा पनि संस्थागत लगानीकर्तालाई लगाइएको २० करोडको क्याप हटााइएकाले राहत पाउने देखिएको छ । किनभने बजार विस्तार र विकासमा संस्थागत लगानीकर्ताकै विशेष भूमिका हुने गर्छ ।

जोखिम मूल्यांकनमा पनि संस्थागत लगानीकर्ता अब्बल मानिन्छन् । सेयर बजारमै लगानी गर्न भनेर स्थापना भएका संस्थागत लगानीकर्तालाई कर्जा सीमा तोकिनु कुनै पनि हालतमा उचित थिएन । यसर्थ, यसपटकको मौद्रिक नीतिले यसलाई सम्बोधन गरेको छ । व्यक्तिगत लगानीकर्ताले १५ करोडसम्म लगानी गर्न पाउने व्यवस्था छ ।

यसैगरी, मौद्रिक नीति यसपटक विशेषगरी निर्माण क्षेत्रमा केन्द्रित भएको छ । निर्माण उद्योगलाई विभिन्न छुट, सुविधा र सहुलियत पनि दिइएको छ । निर्माणमा रहेको शिथिलता हटाएर विकास निर्माणका कामलाई द्रुत गतिमा अघि बढाउन यसले सहयोग पुग्ने देखिएको छ । यसबाट सिमेन्ट, रड, डण्डी लगायतका उद्योगहरुले पनि निकै ठूलो राहत पाउन सक्ने देखिएको छ ।

समग्रमा बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिएको, ब्याजदर सस्तो भएको अवस्थमा कर्जा विस्तार गर्ने नीति आएको छ । बैंकहरुको लगानी विस्तारमा यसले जोड दिएको छ । यसैगरी, लघुवित्त तथा सहकारी क्षेत्रका समस्या समाधान गर्नेतर्फ पनि नीति केन्द्रित देखिएको छ ।

मौद्रिक नीति कार्यान्वयनका लागि केही समयपछि सर्कूलर पनि आउनेछ । नीति सार्वजनिक भएपछि देखिने प्रतिक्रियाका आधारमा पनि सर्कूलरमा थप व्यवस्थाहरु हुन सक्ने देखिएको छ । त्यसमा थप प्रावधानहरु स्पष्ट हुन सक्नेछ ।

सेयर लगानीकर्ताका लागि सेयर धितो कर्जाकोजोखिमभार र तथा व्यक्तिगत लगानीकर्ताको १५ करोडको सीमा कर्जाको सीमा बढाउने सम्बन्धमा सर्कूलरमा केही नयाँ व्यवस्था हुन पनि सक्छ वा अहिलेकै प्रावधानले निरन्तरता पाउन पनि सक्नेछ । यसका लागि अब सर्कूलर जारी हुने समयसम्म पर्खिनुपर्ने हुन्छ ।

जततउकस्ररधधध।लभउबष्उिबष्कब।अयmरलभधक(मभतबष्रिठज्ञढठढ

प्रतिक्रिया दिनुहोस्