Logo

कोशीमा सरकारबाट बाहिरियो माओवादी



विराटनगर, ११ साउन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ ।

आज माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा बुझाउनु भएको हो । प्रदेश सरकारमा माओवादी केन्द्रबाट तीन जना मन्त्री र एक राज्यमन्त्री हुनुहुन्थ्यो ।

गणेश उप्रेती भौतिक पूर्वाधार, राजेन्द्र कार्की स्वास्थ्य, नारायण बुर्जामगर पर्यटन वन तथा वातावरण मन्त्री र बन्दना झागड वन पर्यटन तथा वातावरण राज्यमन्त्री हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्