Logo

सुनिता भन्छिन्: शासक होइन, सेवक बन्न चाहन्छु



काठमाडौँ, २७ वैशाख । नेकपा (एमाले)का तर्फबाट काठमाडौँ महानगरपालिकाको उपप्रमुख पदकी उम्मेदवार सुनीता डंगोलले जनताको सेवक बन्नका लागि आफूले उमेदवारी दिएको बताएकी छन् ।

मंगलबार भृकुटीमण्डपमा आयोजित चुनावी कार्यक्रममा उनले आफूले जिते शासक नभई जनताको सेवक बन्ने बताइन् ।

“जनताको शासक बन्नका लागि मैले यो पाइला चालेको होइन । जनताको सेवक बन्न चाहन्छु । काठमाडौँलाई सांस्कृतिक महानगर बनाउन चाहन्छौँ । न्यायको पक्षमा आवज उठाउनेछु । यहाँहरूको सेवक भएर काम गर्न चाहन्छु,” उनले भनिन् ।

उम्मेदवार डंगोलले अरू नेताहरूले काठमाडौँलाई विश्वका अरू सहरजस्तो बनाउने बताउने गरेको भन्दै आफूले त्यसो नगर्ने बताइन् । “काठमाडौँलाई कुनै सहर बनाउन आवश्यक छैन । काठमाडौँलाई काठमाडौँ नगरी बनाउनुछ,” डंगोलले भनिन् ।

प्रतिक्रिया दिनुहोस्