Logo

ओलीको गृहनगर दमकको प्रमुखमा राप्रपाका थापा र उपप्रमुखमा कांग्रेसकी भट्टराई निर्वाचित



झापा, ६ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार थापा विजयी भएका छन् । उपप्रमुखमा भने नेपाली कांग्रेसकी रेगिना भट्टराई निर्वाचित भएकी छन् ।

नगर प्रमुखमा निर्वाचित थापाले १७ हजार ५२५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट उम्मेद्वार रहेकी गीताकुमारी पौडेल अधिकारीले १७ हजार ०७२ मत प्राप्त गरेकी छन् ।

यता उपप्रमुख पदमा निर्वाचित भट्टराईले १६ हजार ९६६ मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेद्वार अम्विकाप्रसाद खनालले १६ हजार ५७४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्