Logo

बालेनको अग्रता कायमै, केशव स्थापितभन्दा सिर्जना सिंह अगाडि



काठमाडौँ, ८ जेष्ठ । काठमाडौँसहित पाँच वटा महानगरपालिकाको मत गणना चलिरहेको छ ।

पछिल्लो मत परिणामअनुसार काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह ३८ हजार ३ सय ३३ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले २१ हजार २ सय ९९ मत प्राप्त गरेकी छन् ।

पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा पुगेका छन् । उनले २१ हजार ८ मत पाएका छन् । काठमाडौँ महानगरको १ लाख ६ हजार ३ सय ५२ मत गनिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्