
बिर्तामोड, ९ जेष्ठ । बिर्तामोड नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले आजदेखि औपचारिक रुपमा कार्यभार सम्हालेका छन् ।
नगरपालिका कार्यालयमा भएको सपथग्रहणपछि निर्वाचित जनप्रतिनिधिले औपचारिक रुपमा काम थालेका हुन् ।
नगर प्रमुख पवित्रा महतरा प्रसाईले उपप्रमुख नगेन्द्र सङ्ग्रौलासहित नव निर्वाचित ५१ जना जनप्रतिनिधिलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।
यसअघि नगर प्रमुख प्रसाईले जिल्ला न्यायाधीशबाट पद तथा गोपनियताको सपथ गरेकी थिइन् । ‘प्रचलित कानुनको अधिनमा रही, मलुकु र जनताको सोझो चिताई कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा वा खराब भावना नलिई पदीय गोपनियता राखि इमान्दारिताका साथ काम गर्नेछु’, जनप्रतिनिधिको सपथमा भनिएको छ ।







