Logo

सर्वाेच्चकाे आदेशले निजगढ विमानस्थलमा तीन दशकदेखिकाे मेहनत खेर गयाे : देवकाेटा



काठमाडौँ, १३ जेष्ठ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी बिहीवार सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत राष्ट्रिय सभा सदस्य देवकोटाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको स्थान पहिचानलगायतका लागि तीन दशक मेहनत लागेको बताउँदै सर्वोच्चको आदेशले त्यो खेरा गएको बताएका छन् ।

उनले भने, ‘देशको झन्डै तीन दशकको मेहनत लागेको छ । आजको सर्वोच्चको फैसलापछि तीन दशकदेखिको परिश्रम खेर गएको छ । सर्वोच्चको फैसला दूभाग्यपूर्ण छ ।’

देवकोटाले निजगढमा विमानस्थल बन्नुपर्दछ भन्ने आफ्नो निष्कर्ष रहेको पनि बताएका छन् । उनले चारकिल्ला निर्धारण भइ तारबार र पर्खाल लगाउने, निजी स्वामित्वको घरजग्गाको मुआब्जा वितरण गर्ने काम भइरहेको बेला अदालतको यस्तो निर्णय आउनु दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।

बिहीवार सर्वोच्चले निजगढमा विमानस्थल बनाउने अहिलेसम्मका सबै सरकारी निर्णयहरू बदर गर्दै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल चाहिएको हो भने अन्तै ठाउँ खोज्न पनि सरकारलाई आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्