मलेसिया, ५ असार । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले आज बहराइनसँग खेल्दैछ ।
खेल किनरारा ओभलमा बिहान सवा ८ बजे हुनेछ । आज नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ ।
नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ५० रनले र कुवेतलाई २५ रनले हराएको थियो । समूह ‘बी’मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ ।