काठमाडौँ, ९ असार । चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् ।
बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई राजदूत नियुक्त गरेकी हुन् ।
संविधानको धारा २८२ बमोजिम श्रेष्ठलाई चीनका लागि नेपाली राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।