चितवन, १० असार । वर्षासँगै पहिरो खस्दा अवरुद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फी रूपमा खुलेको छ ।
बिहान ६:३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-६ काली खोला नजिक पहिरो खस्दा बाटो अवरुद्ध बनेको थियो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको जानकारी दिए ।