रुकुम पश्चिम, ३१ असार । रुकुम पश्चिमको आठबीसकोटमा चट्याङ लागेर एउटै घरका चार जना घाइते भएका छन् ।
आठबीसकोट नगरपालिका-१० घारीखोलाका गोपाल केसीको घरमा बिहीबार बेलुका चट्याङ लागेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार चट्याङ लागेर उनकी ३२ वर्षीया श्रीमती खिमला, १२ वर्षीय छोरा लक्ष्मण, ६ वर्षीया छोरी पूजामाया र २ वर्षीय छोरा टेकविक्रम केसी घाइते भएका हुन् ।
घाइते चारै जनाको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीेले जानकारी दिएको छ ।







