Logo

बस नदीमा खस्दा भारतमा १३ जनाको मृत्यु



भारत, २ साउन । भारतको मध्यप्रदेशको धार जिल्लामा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

दुर्घटना भएको बस सडकबाट केही तल नर्मदा नदीमा खसेको थियो । उक्त स्थानमा उद्धार कार्य जारी रहेको र १३ जनाको शव पानीबाट बाहिर निकालिएको छ भने १५ जनालाई सकुशल उद्धार गरिएको छ ।

बसमा ५५ जनाले यात्रा गरिरहेको अपुष्ट जानकारी मिलेको स्थानीय प्रहरी अधिकारीले बताए । बस महाराष्ट्रको दक्षिणपश्चिमी राज्य इन्डोर शहरबाट महाराष्ट्रका लागि छुटेको थियो ।

मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानका अनुसार पाँच जना मृतकको पहिचान भइसकेको छ भने अन्य व्यक्तिको पहिचान अझै खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्