काठमाडौँ, ३ साउन । संसदीय विशेष छानबिन समितिले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताबारे तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्ने भएको छ ।
मङ्गलवार सिंहरबारमा बसेको बैठकले भोलि वा पर्सिभित्रमा शर्मालाई बोलाएर छलफल गर्ने निर्णय गरेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।
उनले भने, ‘पूर्व अर्थमन्त्री शर्मालाई बोलाउने मिति तय भएको छैन । बुधवार नै बोलाउने कुरा भए पनि संसद्को बैठकका कारण मिति तय भएन । तर भोलि वा पर्सिभित्रमा उहाँलाई आमन्त्रण गर्छौँ । समिति अहिले अनुसन्धानकै खोजीमा रहेको छ ।’
सचिव अर्यालले बुधवार बस्ने बैठकमा बजेट निर्माण प्रक्रियामा विगतको अर्थ मन्त्रालयको अभ्यासका विषयमा अनुभवी पूर्व अर्थ सचिव र राजस्व सचिवहरूसँग छलफल गर्ने तयारी गरेको बताए ।







