Logo

‘चुनाव आउँदैछ भनेर सरकारले वृद्ध भत्ताका लागि ६८ वर्षकाे उमेर हद बनायाे’



काठमाडौँ, ६ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्षको उमेर हद बनाएको आरोप लगाएका छन् ।

शुक्रवार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वृद्ध भत्ता पाउन सरकारले दुई वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनावबाहेक अन्य कुनै कारण नभएको बताए । उनले यस सम्बन्धमा त्यसबाहेक अन्य कुनै ‘लजिक’ छ भनी सरकारलाई प्रश्नसमेत गरेका छन् ।

उनले भने, ‘अहिले ७० बाट ६८ बनाउनुको इज दियर एनि लजिक? चुनाव आउँदैछ भन्नेबाहेक अन्य केही छ लजिक? यतापट्टि धेरै नजाऊ । अहिले त मैले धेरै कुरा भनिरहनु पर्लाजस्तो लाग्दैन ।’

त्यस्तै अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको विगतका सरकारप्रति सङ्केत गर्दै देशको उद्योग धन्दा निजी क्षेत्रलाई कौडीको मूल्यमा बेचेर देशलाई कङ्गाल बनाएको पनि आराेप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्