Logo

लिबियामा भएको भिडन्तमा नौ जनाको मृत्यु



लिबिया, ६ साउन । लिबियाको राजधानी त्रिपोलीमा बिहीबार-शुक्रबार दुई लडाकू समूहबीच भएको झडपमा कम्तीमा नौ जनाको मृत्यु भएको एम्बुलेन्स तथा आपतकालिन सेवा संस्थाले जनाएको छ ।

“घटनामा एक बच्चा, दुई सर्बसाधारणसहित नौ जनाको मृत्यु भएको छ र अन्य २५ जना घाइते भएका र तीमध्ये केही गम्भीर रूपमा घाइते भएका पहिलेको मृत्यु सङ्ख्यालाई अद्यावधिक गर्दै अल-अहरार टेलिभिजनले बताएको छ ।

उत्तर अफ्रिकी मुलुकमा दुई प्रधानमन्त्री सत्ताका लागि भिड्दै गर्दा महिनौंदेखि तनाव बढ्दै गएको छ । ऐतिहासिक संझौताले त्रिपोलीलाई बलपूर्वक कब्जा गर्ने पूर्वी सैनिक प्रमुख खलीफा हाफ्तारले गरेको विध्वंसकारी प्रयास अन्त्य भएको दुई वर्षपछि पुनः द्वन्द्वको त्रास उत्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्