Logo

यस्तो छ आजको मौसम



काठमाडौँ, ९ साउन । गएरातिदेखि पहाडी क्षेत्रका धेरै ठाउँमा पानी परिरहेको छ ।

काठमाडौँ उपत्यका, प्रदेश-१ र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा अहिले पनि पानी परिरहेको छ ।

राति पानी परेका केही ठाउँमा भने अहिले पानी पर्न रोकिएको छ । अहिले पानी परिरहेका ठाउँमा पनि केहीबेरमा पानी रोकिने र दिउँसोपछि फेरि पर्ने सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । उनका अनुसार पहाडी क्षेत्रका केही ठाउँमा आज हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

यस्तै, राति भने प्रदेश-१ र गण्डकी प्रदेशका एक-दुई ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । राति बाढी पहिरोको जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन मौसविद्को आग्रह छ।

प्रतिक्रिया दिनुहोस्