Logo

इजरायल र प्यालेस्टाइनबीच युद्धविरामको सहमति



इजरायल, २३ साउन । इजरायल र प्यालेस्टाइनी लडाकूहरूबीच युद्धविरामको सहमति भएको छ।

तीन दिनको हिंसामा कम्तिमा ४३ जनाको मृत्यु भएपछि दुबै पक्ष युद्धविराम कार्यान्वयनको लागि सहमत भएका हुन् ।

प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे) का लडाकुहरूले इजिप्टका मध्यस्थकर्ताहरूले मध्यस्थता गरेको वार्तापछि युद्धविराम सुरु भएको बताएका छन् । इजरायली प्रधानमन्त्री यायर लापिडको कार्यालयले युद्धविरामको पुष्टि गरेको छ ।

पछिल्लो तीन दिनमा भड्किएको हिंसाका कारण १५ जना बालबालिकासहित ४३ जनाको ज्यान गएको छ । यो भिडन्त इजरायल र गाजा बीच मे २०२१ मा भएको ११ दिने हिंसापछिको सबैभन्दा गम्भीर भिडन्त भएको बीबीसीले जनाएको छ ।

इजरायली सेनाले गाजामा इस्लामिक जिहादलाई लक्षित गरेर कयौं रकेट र ड्रोन प्रहार गरेको पुष्टि भएको छ । युद्धविरामको सहमति भएको केहिबेरसम्म पनि दुवै पक्षले रकेट प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्