फाइल तस्बिर
चितवन, २३ साउन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत केराबारीमा आज साँझ पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ केराबारीस्थित मौरी खोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् ।







