Logo

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा



भारत, २४ साउन । भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

नितिश कुमारले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएको बीबीसी हिन्दीले जनाएको छ । उनले राजीनामा बुझाएपछि पार्टीका सबै विधायक र सांसद अहिलेको गठबन्धनबाट अलग हुन चाहेको बताए ।

गठबन्धनमा संलग्न भारतीय जनता पार्टी (बीजेपी) सँग मतभेद बढेपछि जनता दल युनाइटेडले आज विधायक र सांसदको बैठक बोलाएको थियो । लोकसभाका सांसद र सबै विधायकसँगको बैठकमा अहिलेको गठबन्धन एनडीए छाड्नुपर्छ भन्ने विचार आएकोले त्यसलाई स्वीकार गरेर आफूले राजीनामा दिएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्