Logo

चीन र थाइल्यान्ड संयुक्त सैन्य अभ्यास गर्दै



फाइल तस्बिर

चीन, २८ साउन । एसिया-प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिलाई लिएर संयुक्त राज्य अमेरिका र उसका सहयोगी देशहरू चिन्तित भएका बेला चीन र थाइल्याण्डले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।

संयुक्त अभ्यासका लागि चीनले आफ्ना लडाकु विमान थाइल्याण्ड पठाउने भएको छ । चिनियाँ वायुसेनाले लडाकु र बमवर्षक विमान पठाउने सूचना सार्वजनिक गरेको छ । संयुक्त सैनिक अभ्यासमा हवाई सहयोग, स्थलगत लक्ष्यमा आक्रमण तथा सेनाको तैनाथी समावेश हुने चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ ।

अमेरिका र चीनबीच बढ्दो रणनीतिक र आर्थिक प्रतिस्पर्धाले विश्वका विशाल अर्थतन्त्रहरूबीचको तनावले यस्उता सैन्य अभ्यासले द्वन्द्वलाई मत्थर गर्न बल नमिल्ने विश्लेषकहरू बताउँछन् । केही समयअघि अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले थाइल्याण्डको भ्रमण गरेर यस क्षेत्रमा अमेरिकी गठबन्धन र साझेदारीको अनुपम सञ्जाललाई बलियो बनाउने प्रयास गरेका थिए ।

उत्तरी थाइल्याण्डको लाओसको सीमा नजिक अवस्थित उडर्न रोयल थाई एयर फोसर्कको आधार शिविरमा हुने संयुक्त अभ्यासमा दुवै देशका लडाकु विमान समावेश हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्