
डोल्पा, २९ साउन । डोल्पाको त्रिपरासुन्दरी नगरपालिका-३ स्थित जिउभन्ने स्थानमा स्काभेटर पहिरोमा पुरिँदा चालकको मृत्यु भएको छ ।
आज बिहान करिब ९ बजेतिर बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो आएर स्काभेटर पुरिएको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।
स्काभेटर पुरिँदा नेपालगञ्ज उपमहानगरपालिका-१९ बाँके राझा मोहोनपुर निवासी करिब ३२ वर्षीय सुरज बसाल मगरको मृत्यु भएको उनले बताए ।






