काठमाडौँ, ९ भदौ । सत्ता गठबन्धनको बैठक आज बस्दै छ ।
गठबन्धनबीच सिट बाँडफाँडकाबारे छलफल गर्न बैठक बिहान ९ बजेका लागि बोलाइएको छ ।
बालुवाटारमा बस्ने बैठकमा सिट बाँडफाँटसहित समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
यसअघि बुधबार बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन गएकाले आजका लागि सारिएको हो ।







