काठमाडौँ, १३ भदौ । पछिल्लो २४ घण्टामा दुई सय २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी चार हजार ११ जनाको नमुना परीक्षण गर्दा दुई सय २६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा दुई सय २३ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । अहिले नेपालमा तीन हजार दुई सय ३५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।