Logo

प्राधिकरणको कार्यालयमा बनेको चार्जिङ स्टेशनको उद्घाटन



काठमाडौँ, १४ भदौ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणमा निर्माण सम्पन्न भएको विद्युतीय चार्जिङ स्टेशनको उद्घाटन गरेकी छन् ।

विद्युतीय गाडी चार्ज गर्न प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा बनेको चार्जिङ स्टेशन ऊर्जामन्त्री भुसालले आज उद्घाटन गरेकी हुन् ।

प्राधिकरणले देशका विभिन्न ५१ वटा ठाउँमा पनि चार्जिङ स्टेशन बनाइरहेको छ । प्राधिकरणको चार्जिङ स्टेशन पूर्वाधार विकास आयोजनाले पहिलो चरणमा पूर्वदेखि पश्चिमसम्मका मुख्य सहर र राजमार्गका ठाउँ-ठाउँमा जडान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्