Logo

झापामा भारतबाट आयातित माछा बिक्रीमा रोक



झापा, २ असोज । झापामा भारतबाट आयात हुने अस्वस्थकर मरेका माछाको विक्री वितरणमा रोक लगाइने भएको छ ।

बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको सरोकारवालाहरुको भेलाले उक्त निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र माईपुर्वका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृतहरुको भेलाले अनुगमनका क्रममा बिर्तामोड लगायतका बजारमा अस्वस्थ्कर मरेका माछा विक्री वितरण भईरहेको पाइएकाले आ-आफ्नो पालिकामा रोक लगाउने निणर्य गरेको हो ।

भेलाले आ-आफ्नो पालिकामा माछा, मासु, तरकारी तथा खाद्यन्न वस्तु विक्री वितरणको नियमित अनुगमन गर्न कृषि वा पशु सेवा शाखाको अगुवाईमा बजार अनुगमन गर्ने संयन्त्र र कार्य प्रणाली बनाई कार्यान्वयन गर्ने, आ-आफ्नो पालिकमा खाद्यन्नको गुणस्तर, स्वच्छता, अखाद्य बस्तुको मिसावट, नक्कली उत्पादन जस्ता विषयमा सघनरुपमा बजारको अनुगमन गर्ने र सर्वसाधारणलाई यस विषयमा सचेत गराउन कार्ययोजना बनाएर लागु गर्ने पनि निर्णय गरेको छ ।

यस्तै पालिकाहरुले कृषि उत्पादनको प्रेष्टीसाइज्ड मापनको लागि पालिकाहरुले आपसी सहकार्यमा विषादी परिक्षणको लागि ल्यावको व्यवस्थापन गरि परिक्षण गर्ने व्यवस्था मिलाउने, कृषिजन्य उत्पादनमा विषादी न्युनिकरण गर्न सबै स्थानिय तह र जिल्ला प्रशासन कार्यालय समेतको समन्वयात्मक भुमिकालाई अगाडि बढाउने पनि जनाइएको छ ।भेलाले गरेका निर्णयहरुलाई सबै स्थानिय तहहरुले कार्यपालिकामा अनुमोदन गरि कार्यान्वयनमा जानेछन् ।

प्रतिक्रिया दिनुहोस्