काठमाडौँ, २४ असोज । दशैँको बिदामा बढेको सुनको भाउ आज भने घटेको छ ।
दशैँको बिदा सुरु भएसँगै सुनको भाउ बढ्न थालेको थियो । तर बिदाका कारण नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आइतबार मात्रै सुनको भाउ तोकेको थियो ।
आइतबार तोलामा ३ हजार रुपैयाँले बढेर सुनको भाउ ९६ हजार रुपैयाँमा पुगेको थियो । तर, आज भने तोलामा ८ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९५ हजार २ सय रुपैयाँ तोकिएको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा १ हजार २ सय ५५ रुपैयाँ रहेको चाँदीको भाउ आज २५ रुपैयाँले घटेर १ हजार २ सय ३० रुपैयाँ तोकिएको छ ।