Logo

मलाई आम युवाहरुको समर्थन छ: पोख्रेल



काठमाडौँ, २९ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा काठमाडौँ क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले आफूलाई आम युवाहरुको समर्थन रहेको बताएकी छिन् ।

उनले पछिल्लो पुस्ताका युवाहरु राज्यको बेथिति, कुसस्कारको सिकार भइरहको बताउँदै अब युवाहरु यस्ता प्रवृतिको अन्त्य गर्ने पक्षमा रहेको बताएकी हुन् । काठमाडौँ क्षेत्र नं २ स्थित काँडाघारीमा भएको चुनावी सभामा बोल्दै उनले सो कुरा बताएकी हु्न ।

उनले नेपालमा राजनीतिले सबै कुराको अभाव सिर्जना भएपछि नेपालका युवाहरु विदेशिन वाध्ये बनाइएका नेपालमा उत्पादनका सम्पूर्ण कलकारखना बन्द गरेर रोजगार गुमाइएको नयाँ कलकारखना खोल्नका लागि सरकारले कुनै पहल नगरेका, नेपालमै बसरे व्यवसाय गर्नका लागि लगानिको सुरक्षा नभएको लगायतका विषयउठान उनले गरेकी छिन् । उनले भनिन्,‘नेपालमा युवाहरुको लागि खै व्यवस्थापन, खै राज्य ?’ भन्दै प्रतिप्रश्न गरेकी छिन् ।

यतिबेल नेपालको विकास गर्न सक्ने बल बुद्धि र क्षमताले भरिएको युवाहरु सबै विदेशमा गएर काम गरिरहनु भएको छ, नेपालमा न युवाहरुलाई बस्ने बताबरण छ न त उहाँहरुलाई न कुनै रोजगार छ, न कुनै लगानी गर्ने बातावरण ? जब यहाँ कुनै पनि काम गर्ने ठाउँ छैन भने यहाँ किन बस्ने ? उनले भनिन् ।

समकालीन देशहरुले आर्थिक विकास गरेर नेपालका युवाहरुलाई विदेशीको गुलाम बनाउन वाध्ये बनाउँदै हिड्ने अराजक नेतृत्वहरुले नेपालको युवाहरुलाई कुनै पनि हालतमा रोजगार दिन नसक्ने त्यसको लागि आफूले जित्नुपर्ने उनले बताइन् । यतिबेला नेपालका युवाहरुलाई बेवास्ता गरेको र उनीहरुले पठाएको रेमिटेन्सको समेत दुरुपयोग गरेर नेपाली समाजको आर्थिक विकासमा बाधा पु¥याउनेहरुलाई अगाडि बढाउन नसकिने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्