Logo

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ



दाङ, ९ मंसिर । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका-१७ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

किशोरीलाई ती किशोरले जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्