Logo

‘धर्म संस्कृतिको रक्षा गर्ने कुरामा कसैसँग सम्झौता गर्दिन’



विराटनगर, १३ मंसिर । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आज आयोजित कार्यक्रममा उनले राज्यले गुरुकूल शिक्षाको उत्थान र विकासका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए ।

भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतीक तथा राष्ट्रका धरोहर भएको डा कोइरालाको धारणा थियो । उनले भने, “राष्ट्रका यी धरोहरको संरक्षण तथा सम्वद्र्धन गर्नु राज्यको दायित्व हो, धर्म र संस्कृतिको संरक्षणबारे म संसद्मा खरो रुपमा उत्रिनेछु ।”

प्रतिक्रिया दिनुहोस्