उदयपुर, १७ पुस । २९ वर्षीया महिलालाई जरबजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
चौदण्डीगढी नगरपालिका-४ मकुम डाँडा बस्ने २६ वर्षीय मनोज परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
परियारले ती महिलालाई मंसिर २८ गतेको राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






