Logo

सुनको भाउ आज पनि बढ्यो



काठमाडौँ, १६ माघ । सुनको भाउ आज पनि बढेको छ ।

तोलामा आज तीन सय रुपैयाँले बढेर सुनको भाउ १ लाख ६ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको भाउ तोलामा एक लाख ६ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलामा एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्