काठमाडौँ, १३ वैशाख । शेयर बजार बुधवार दोहोरो अङ्कले घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ विन्दुमा झरेको हो ।
आज बजारसँगै कारोबार रकम पनि घटेको छ । आज २ सय ६४ वटा कम्पनीका २५ लाख ७१ हजार कित्ता शेयर ८४ करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड रुपैयाँको शेयर किनबेच भयो ।







