Logo

कोशी प्रदेश सरकारविरुद्धको रिट आज पनि हेर्न नभ्याइने



काठमाडौँ, २६ असार । कोशी प्रदेश सरकारविरुद्धको रिट आज पनि हेर्न नभ्याइने भएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट बिहानै हेर्न नभ्याइने भन्दै स्थगित भएको छ ।

यसअघि, दुईपटक सुनुवाइ तोकिएको भए पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको हो । गएको बिहीबार सभामुख समेतलाई जोडेर सरकार गठन गरिएपछि नेकपा (एमाले)का तर्फबाट रिट दायर गरिएको थियो ।

कोशीका निर्वतमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले संविधानविपरीत सरकार गठन भएको भन्दै रिट दायर गरेका हुन् । रिटमा हालै नियुक्त भएका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्