Logo

समाजवादी मोर्चाको बैठक सुरु



काठमाडौँ, ४ भदौ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघिदेखि सुरु भएको नेकपा ९एकीकृत समाजवादी० का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार बैठकमा सरकारको कामको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भइरहेको छ । बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मितिसमेत तोक्ने जनाइएको छ । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेता सहभागी छन् ।

मोर्चा गठन भएको करिब तीन महिनापछि बसेको यो दोस्रो बैठक हो । मोर्चामा सत्तारुढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपा आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्