विराटनगर, ४ भाद्र । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् ।
सोमबार भएको मत विभाजनमा उनले विश्वासको मत पाएका हुन् । बैठकमा ७७ सांसद उपस्थित थिए ।
९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । मुख्यमन्त्री थापाले ४७ मत नै पाएका हुन् ।
मुख्यमन्त्री थापाले विश्वासको मत लिनेक्रममा बैठकको अध्यक्षता गरेका (सभामुख) इस्नाइल मन्सुरीले पनि मतदान गरेका छन् ।
अध्यक्षता ग्रहण गरेका व्यक्तिले भोट हालेको भन्दै एमालेका सांसदहरूले सदनमै विरोध जनाएका थिए ।







