Logo

त्रिभुवन विमानस्थलमा पावर बैंक पड्किँदा आगाे लाग्याे



काठमाडौँ, १७ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र चीन जान लागेका एक यात्रुको ह्यान्डब्यागमा आगो लागेको छ ।

प्रतीक्षालयमा बसिरहेकी एक चिनियाँ यात्रुको ह्यान्डब्यागमा आज आगाे लागेको हो ।

उनी जान लागेको विमान एअर चाइनाकाे उडान हुनै लागेको थियो । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अघि प्रतीक्षालयमा बसिरहेकी उनको पावर बैंक शर्ट भएर पड्किँदा ह्यान्डब्यागमा आगो लागेको विमानस्थलका प्रवक्ता सुभाष साहले बताए । यात्रुको ह्यान्डब्यागमा लागेकाे आगो तत्काल निभाइएको प्रवक्ता साहले बताएका हुन् ।

ती यात्रुले पिठिउँमा ह्यान्डब्याग बोकेकी थिइन् । ह्यान्डब्यागभित्र रहेकाे पावर बैंकमा जोडेर आइप्याड चलाइरहेको बेला पड्किएर आगो लागेको हो । उनी सुरक्षित रहेको विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्