Logo

इराकको एक भवनमा आगलागी: १४ जनाको मृत्यु, १८ घाइते



इराक, २३ मंसिर । इराकको अर्ध-स्वायत्त कुर्दिस्तान क्षेत्रमा एर्बिल प्रान्तको सोरान सहरस्थित एक आवासीय भवनमा शुक्रबार राति आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने  १८ जना घाइते भएका छन् ।

सोरान स्वास्थ्य विभागले विज्ञप्तिमा भनेको छ, “सबैभन्दा पहिला भवनको तेस्रो र चौथो तलामा आगो लागेको थियो, ती तलामा विश्वविद्यालयका छात्र र शिक्षक बस्छन् । त्यसपछि आगो सम्पूर्ण पाँच तले भवनमा फैलियो ।”

प्रारम्भिक अनुसन्धानबाट विद्युतीय सर्ट हुँदा आगो लागेको अनुमान गरिएको विज्ञप्तिमा उल्लेख छ । सिभिल डिफेन्स टिम र दमकलहरूले आगो निभाएका छन् ।

प्रतिक्रिया दिनुहोस्